Logo

अर्थ

तोलामै १३ हजार ४ सयले घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सोमबार पनि सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँ घटेको छ ।

आज सुनकाे मूल्य २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आइतबार सुनकाे मूल्य तोलामा ३ लाख कायम भएको थियाे ।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ५ हजार ५०० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ५ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार ११:०९   :  बजे

423
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।