काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि तोकिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको हो ।
युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय गैरकानुनी भएको दाबी गर्दै दायर गरेको रिटमा सुनुवाइ हुन लागेको हो । यसअघि सर्वोच्चले तीन पटक फाइल मगाइसकेको छ भने अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
दोहोरो छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनैतिक अधिकार प्रयोग गर्न नदिनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम निर्वाचन आयोग लगायतका विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गर्न पनि पौडेलले रिटमा उल्लेख गरेका छन् ।




















प्रतिक्रिया