अब माघ ६ गतेदेखि खुलेको उक्त आईपीओमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
मागभन्दा बढी आवेदन परेमा भने समयअघि नै निष्कासन बन्द हुन सक्नेछ।
कम्पनीले जारी पूँजीको १० प्रतिशत बराबरको ९ लाख ८० हजार कित्ता शेयर बागलुङको बडिगाड गाउँपालिका (वडा १–१०) र ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानीयका लागि निष्कासन गरेको हो।
न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
४.९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी डबल बी’ रेटिङ दिएको छ। आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।




















प्रतिक्रिया