Logo

अर्थ

सेयर बजारमा दोहोरो अंककाे गिरावट, साढे ८ अर्बमाथिको कारोबार



काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १२.५८ अंकले घटेर २६८३.१५ को विन्दुमा कायम भएकाे छ ।

नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्।

आज ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० कम्पनीको घटेको छ। तीनवटा कम्पनीको मूल्य स्थिर रहेको छ।

आज ८ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार एसवाई प्यानलको भएको छ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलवार १५:१७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।