Logo

अर्थ

सामसुङको नयाँ AI-Driven मा स्मार्टफोन अनुभवको सङ्केत



काठमाडौं । सामसङले नयाँ एआई–आधारित स्मार्टफोन अनुभवको संकेत दिएको छ ।

हालै सार्वजनिक गरिएका टिजरहरूमा कम्पनीले केही नयाँ र रोमाञ्चक फिचर आउन लागेको आभास दिएको छ । यद्यपि आधिकारिक विवरण खुलाइएको छैन, टिजरले डिस्प्ले इन्टेलिजेन्स, अन-डिभाइस एआई र नाइटोग्राफी फिचरमा सम्भावित सुधारतर्फ संकेत गरेको देखिन्छ ।

नेपालमा ग्यालेक्सी फ्ल्यागशिप फोनहरूको सफलतापछि सामसङले प्रयोगकर्ताको दैनिक अनुभवलाई अझ स्मार्ट र सहज बनाउने नवप्रवर्तनमा ध्यान केन्द्रित गरिरहेको छ । टिजर अनुसार नयाँ एआई–सञ्चालित डिस्प्ले प्रणालीले रियल–टाइममा सामग्री अनुकूलन गर्दै प्रयोगकर्ताको अन्तरक्रिया सुधार गर्ने अपेक्षा गरिएको छ ।

साथै, स्क्रिन गोपनीयतामा नयाँ एआई–आधारित समाधान ल्याउने सम्भावनाले पनि चासो बढाएको छ । सामसङको नयाँ टिजरले चाँडै नै स्मार्टफोनमा नयाँ स्तरको बुद्धिमत्ता सार्वजनिक हुने संकेत दिएको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार ११:४६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।