Logo

अर्थ

हिमालयन लाइफ इन्स्योरेन्सको १९औं वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १९औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । काठमाडौँ नक्सालस्थित आम्रपाली बैंक्वेटमा बुधबार कम्पनीको सभा भएको हो ।

सभाले सञ्चालक समितिको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन, कम्पनीको आ.व.२०८१/८२ को अवधिको लागि NFRS बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरू सर्वसम्मतिले स्वीकृत गरेको छ ।

यस्तै, सभाले स्वतन्त्र सञ्चालक गोपाल घिमिरेको नियुक्ति र सञ्चालक दीपक नेपालको नियुक्तिलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडको आ.व. २०८१/८२ को वित्तीय विवरण अनुमोदन गरेको छ भने सञ्चालक समितिको सिफारिस बमोजिम आ.व. २०८२/८३ को लागि बाह्य लेखापरीक्षकमा एस.ए.आर. एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति गरेको छ ।

त्यस्तै कम्पनीको प्रस्तावित विषय उपर नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आ.व. २०८१।८२ मा भएको खर्चको समेत अनुमोदन गरेको छ ।

कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य प्रमिला केसीले स्वागत मन्तव्य र सञ्चालक आशिष ढकालले धन्यवाद ज्ञापन गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले शेयरधनीहरुको जिज्ञासाको जवाफ दिँदै कम्पनीलाई आगामी दिनमा अग्रणी कम्पनी बनाउन शेयरधनीहरुको सुझावलाई कार्यान्वयन गर्ने बताएका थिए ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार १२:५०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।