Logo

अर्थ

सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा



काठमाडाैं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि ३ हजार ९१६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको दर र सेयर संख्या खुलाई कम्पनीको रजिष्टर्ड कार्यालयमा आवश्यक कागजातसहित सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको टंगालमा रहेको प्रधन कार्यालयमा आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार ११:५८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।