काठमाडौं । नेपाली कांग्रेस का नेता गगन थापा ले प्रधानमन्त्री र मुख्यमन्त्री पदमा कुनै व्यक्ति दुई पटकभन्दा बढी नियुक्त हुन नपाउने व्यवस्था गरिने बताएका छन्। कांग्रेसको चुनावी प्रतिज्ञापत्र सम्बन्धी सवाल–जवाफ कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन्।
थापाले सत्ता र शक्तिको दोहोरिने केन्द्रीकरण रोक्न पदावधि सीमित गर्ने प्रस्ताव अघि सारिएको स्पष्ट पारे। उनले संवैधानिक आयोग, विश्वविद्यालयलगायतका निकायमा अब दलीय भागबण्डा नखोज्ने प्रतिबद्धता पनि व्यक्त गरे।
उनले पाँच वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने संकल्प गर्दै २०४८ सालपछि सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरिने प्रस्ताव अघि सारे। भ्रष्टाचार नियन्त्रणका लागि कानुनी तथा संरचनागत सुधार गरिने उनले बताए।
सरकारको संरचना सुदृढ र खर्च नियन्त्रणका लागि संघीय सरकारमा बढीमा १६ र प्रदेश सरकारमा ६ वटा मन्त्रालय मात्र राख्ने सीमा तोक्ने उनले उल्लेख गरे। गठबन्धन मिलाउनुपर्ने भन्दै मन्त्रालय संख्या बढाउने प्रवृत्ति अन्त्य गरिने उनको भनाइ थियो।





















प्रतिक्रिया