काठमाडौं । नेपाली कांग्रेसले सबै नेपाली नागरिकका लागि जस्तोसुकै रोग लागे पनि नि:शुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ। बिहीबार पार्टीको चुनावी प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा उक्त प्रतिबद्धता जनाइएको हो।
पार्टी सभापति गगनकुमार थापा ले आफूहरूले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने गरी नयाँ योजना तयार गरिएको बताए। “हामीले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारिएको छ। अब यसलाई कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने भन्नेबारे स्पष्ट योजना बनाएका छौं,” उनले भने।
उनले अस्पताल भनेको ठूलाठूला भवनमात्रै नभएको भन्दै भएकोलाई व्यवस्थित बनाउन ध्यान दिनुपर्ने बताए ।
‘स्वास्थ्यको पुर्वधार कसरी तयार पार्ने, खर्च कसरी घटाउने, स्वास्थ्य जनशक्तिलाई कसरी नेपालमै खटाउने, बुढाबुढी र बालबालिकाले घरमै सेवा पाउने भन्नेमा हामीले स्पष्ट पारेका छौँ,’ उनले भने, ‘नेपालमा फ्रि हेल्थ केयर सम्भव छ । यसमा सोचेका छौँ ।’





















प्रतिक्रिया