Logo

राजनीति

हामीले बनाएको एमाले ओलीले खरानी बनाए, सूर्यमा ग्रहण लाग्याे : भीम रावल



अछाम । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति तीखा टिप्पणी गरेका छन्।

अछाम–१ का मतदातासँग भेटघाटका क्रममा उनले एमालेको वर्तमान अवस्थालाई ‘ग्रहण लागेको सूर्य’ सँग तुलना गर्दै कटाक्ष गरेका हुन्।

रावलले भने, ‘सूर्यमा पूर्ण ग्रहण लागेको छ। बनाउने हामीले हो, नेतृत्व मैले गरेको हुँ, तर अहिले केपी ओलीले त्यसलाई काम नलाग्ने खरानी बनाइदिए।’

उनले आफूहरू विभिन्न २५ वटा कम्युनिस्ट शक्तिहरूलाई एकीकृत गरी नयाँ नेकपा गठन गरेको दाबी गर्दै मतदातालाई ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार १७:२२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।