Logo

‘कोरोनाकै कारण आत्महत्यादर बढ्यो भन्नु गलत – डा. रवि शाक्य



कोरोनाभाइरस कोभिड–१९ महामारीसँगै नेपालमा आत्महत्यादर २० देखि ३० प्रतिशतले तथ्यांक प्रकाशमा आएको छ । विभिन्न अध्ययनले नेपालमा आत्महत्यादर बढेको देखाएको हो ।  पाटन अस्पतालका निर्देशक एवं मानसिक रोग विशेषज्ञ डा। रवि शाक्य ६ महिनाको तथ्यांकलाई हेरेकै भरमा कोरोना महामारीका कारण नेपालमा आत्महत्या दर बढेको मान्न नसकिने बताउँछन् ।

एक–एक महिनाको तथ्यांक केलाएर हेर्ने हो भने विगतको तुलनामा कुनै महिना कम संख्यामा आत्महत्या भएको पनि पाइएकाले कोरोना महामारी कै कारण आत्महत्या गर्नेको संख्या बढ्यो भनेर भन्न नमिल्ने उनको भनाइ छ । कोभिड १९ का कारण आत्महत्या गर्नेको संख्या बढ्यो भन्नका लागि तथ्य र प्रमाण थप केलाउनुपर्ने डा। शाक्य बताउँछन् । ‘पछिल्लो समय भएको आत्महत्याका बारेमा गहन अध्ययनपछि मात्र हामी बोल्नुपर्छ,’ उनले भने, ‘तर आत्महत्यादर बढी भएकै देशमा नेपालको गणना हुन्छ ।’

Nekapa_Kp_Oli_Prachanda_Madhab_Bamdev_Gautam.png
विश्वमै आत्महत्या गरेका ९० देखि ९५ प्रतिशत मानिस कुनै न कुनै किसिमको मानसिक रोगबाट ग्रस्त हुने गरेको विभिन्न अध्ययनले देखाएको विज्ञहरुको भनाइ छ । नेपाल वार्षिक रुपमा झण्डै ६ हजार जनाले आत्महत्या गर्छन् । प्रत्येक दिन सरदर १६ जनाले आत्महत्या गर्ने गरेको पाइन्छ । नेपालमा पछिल्लो ५ महिनाको अवधिमा दैनिक सरदर २० जनाले आत्महत्या गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ । यस अर्थमा आत्महत्या दर सरदर २० प्रतिशत बढेको देखिन्छ । आत्महत्या गर्ने ८५ प्रतिशत मानसिक बिरामी हुन्छन् । तर मानसिक रोगको कारण के हो, मृतकमा कस्तो खालको मानसिक समस्या थियो वा उसले कुन कारणले आत्महत्या ग(यो भन्नेबारे नेपालमा विस्तृत अध्ययनसमेत नहुने डा। शाक्यले बताए ।

rabi_shaky.jpg

नेपालमा आत्महत्याको तथ्यांक दिने निकाय नेपाल प्रहरी नै हो । प्रहरीले आत्महत्याकर्ताको परिवारका सदस्यलाई सामान्य सोधपुछ गर्ने र के कारणले आत्महत्या ग(यो भनेर जानकारी लिने औपचारिकता पूरा गरेर मानसिक अस्वस्थताकै कारण आत्महत्या भएको निश्कर्ष निकाल्छ । स्वास्थ्यकर्मीको दृष्टिबाट हेर्दा ५र७ प्रतिशतमात्रै परिवार र प्रहरीले मानसिक रोग र समस्याको बारेमा बुझेको पाइन्छ । मृतक कस्तो खालको मानसिक समस्याबाट गुज्रिरहेको थियो, त्यस्तो समस्या कसरी सिर्जना भयो र आगामी दिनमा परिवारका अन्य सदस्यमा त्यस्तो घटना नदोहोरियोस् भन्नका लागि के गर्ने लगायतका विषयलाई वास्ता गरिँदैन ।

मानसिक रोग के हो रु कस्ता–कस्ता समस्या देखापर्छ रु कस्तो खालको  मानसिक समस्या हुँदा आत्महत्या गरेको हो भन्ने बारेमा प्रहरी तथा समुदायलाई कम जानकारी हुने गरेको डा। शाक्य बताउँछन् । त्यसैले कोरोनाभाइरस कै कारण उत्पन्न परिस्थितिले गर्दा नेपालमा आत्महत्या गर्ने मानिसको संख्या बढ्यो भन्न गाह्रो हुने उनले बताए । हरेक वर्ष बढ्दो आत्महत्यालाई नियन्त्रण गर्ने उद्देश्यका साथ सेप्टेम्बर १० लाई विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ । 

जीवनशैली फेर्नुपर्दा समस्या

कोरोना महामारीकै कारण लामो समयसम्म लकडाउन र निषेधाज्ञाले गर्दा कयौंले रोजगारी गुमाएका छन् । त्यसरी रोजगारी गुमाउनेहरु स्वाभाविक रुपमा बेचैन हुन्छन् । गत जुलाई महिनामा गरिएको एक अध्ययनले करिब ६१ प्रतिशतले माहामारीका कारण आम्दानी र जीविकोपार्जनका बाटो गुमाएको देखाउँछ । त्यसैले मानिसहरू मानसिक तनावमा छन् । कोरोना संक्रमणकै कारण कतिले आफन्त गुमाएका छन् भने कतिले चिनजानका नजिकका मानिस गुमाएका छन् । यस्ता परिस्थितिले मानिसमा तनाब बढाउने भएकाले नै कोरोना संक्रमण कै अवधिमा आत्महत्या दर बढ्यो भनेर भनिएको हुन सक्ने डा। शाक्य बताउँछन् ।

यद्यपि यो कोरोनाकै कारण आत्महत्या बढेको हो भनेर भनिहाल्नु अघि राज्यले अध्ययन गरेरमात्रै प्रमाणित तथ्य प्रकाशमा आउन आवश्यक रहने उनको भनाइ छ ।‘यसरी विना आधार कोरोनाकै कारण मानसिक रोगी र आत्महत्या गर्नेको संख्या बढ्यो भनेर हचुवाको भरमा भन्दा झन् समस्या सिर्जना हुन्छ,’ उनले भने ।

तनाव कसरी व्यवस्थापन गर्ने ?

डा। शाक्यका अनुसार सबैभन्दा पहिला आफूलाई के कुराले तनाव दिएको हो, त्यो पत्ता लगाउन जरुरी हुन्छ । पछिल्लो समय माम, दाम र काम नपाउँदा धेरै नेपालीलाई तनावले सताएको उनी बताउँछन् । तनाव व्यवस्थापन गर्ने पनि विभिन्न तरिका हुन्छन्,’ उनले भने, ‘कोहीले सकारात्मक र कोहीले नकारात्मक तरिकाबाट तनाव व्यवस्थापन गरेको पाइन्छ । हामीले सकारात्मक तरिकाले तनावसँग सघर्ष ग¥यौँ भने तनावलाई जित्छौँ ।’

तनाव भगाउन डा। शाक्यका केही टिप्स 

– बालबालिकामा तनाव नबढोस् भनेर अभिभावकले घरभित्र उनीहरुको साथीको भूमिका निर्वाह गर्नुपर्छ । उनीहरुसँग एकआपसका मनका कुरा साटासाट गर्ने, खेल्ने, रमाइलो गर्ने वातावरण सिर्जना गर्नुपर्छ । 

–घरभित्र सीमित हुँदा डर, चिन्ता, रिसाउने, मनमा नकारात्मक कुरा आइरहे तुरुन्तै लामो श्वास लिने र फाल्ने गर्ने । दैनिक रुपमा प्रणायाम, कपालभातीजस्ता श्वासप्रश्वास प्रक्रिया अपनाएमा तनाव कम गर्न सकिन्छ ।

 –जोखिमबाट बच्न शारीरिक रुपमा घरभित्र सीमित भएरमात्रै हुँदैन, मानसिक रुपमा पनि कोरोना संक्रमणको बारेमा सही जानकारी लिन जरुरी हुन्छ । त्यसका लागि सत्य तथ्य जानकारी दिने भरपर्दो सञ्चार माध्यमलाई हेर्ने, सुन्ने, पढ्ने गर्नुपर्छ ।  

– शारीरिक तथा मानसिक रुपमा तनाव कम गर्नका लागि योग, ध्यान, शारीरिक व्यायाम नियमित गर्ने । साथै घरमा बस्दा ध्यान तथा योगा अभ्यासलाई दैनिक आवश्यकीय आदत बनाउने । योग र ध्यानलाई दैनिकी बनाएको खण्डमा शारीरिक तथा मानसिक समस्याबाट टाढा रहन सकिन्छ । 

– घरमा सीमित हुँदा डायरी लेख्ने, रुचीअनुसारको किताब पढ्ने बानी अभिभावक स्वयंले गर्ने र बालकालिकालाई पनि यसमा प्रोत्साहन गर्ने ।

– विगतदेखि डिप्रेसन लगायत मानसिक रोगका औषधि सेवन गर्दै आएका पारिवारिक सदस्यको बढी ख्याल राख्ने तथा विशेषज्ञको सम्पर्कमा रहिरहने । आत्महत्या गर्ने व्यक्तिले पूर्वसंकेत पनि दिन सक्छ । त्यस्ता व्यक्तिलाई पर्याप्त ध्यान दिने, उसको कुरा सुनिदिने, विशेषज्ञसँग परामर्शमा लैजाने । नजिकैका मानिसले बाँच्नका लागि उत्प्रेरणा र हौसला दिइरहने ।   

–कोरोना महामारीका नाममा नजिकैका आफन्तहरूले दीर्घरोगी तथा वृद्धवृद्धालाई मानसिक रुपमा त्रासमा राख्न हुँदैन । सबैले जनाले कोरोनाबाट जोगिनका लागि भौतिक दूरी कायम गर्ने, अनिवार्य रुपमा मास्क लगाउने, बेलाबेलामा साबुनपानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्नुपर्छ । 

प्रकाशित मिति : भाद्र २५, २०७७ बिहीबार  ८ : ०५ बजे