Logo

सुदूरपश्चिम प्रदेश

दुई दिनको लागि मात्र सीमानाका खुला गर्ने



सुदुरपश्चिमको दार्चुला जिल्लाको दुईवटा नाका दुई दिनको लागि खुला गरिने भएको छ ।

व्यासी सौका समुदायको बसाइँसराइलाई मध्यनजर गर्दै सीमा पुल दुई दिनका लागि खुला गर्न लागिएको हो । व्यासमा रहेको सीतापुल नाका बुधबार खोलिएको छ भने  व्यास कुञ्जा वासीलाई सदरमुकाम खलङ्गा झर्न पुल खोलिएको हो ।

यस्तै व्यासी खलङ्गा पुगेको दिन यही मङ्सिर ८ गते दार्चुला–धार्चुला जोड्ने पुल खुला हुने जनाइएको छ । यस्तै मङ्सिर १९ गते सीतापुल पुनः खोलिनेछ । छाङ्गरुको कुञ्चा–खलङ्गा पुग्ने दिन मङ्सिर २४ गते दार्चुला–धार्चुला जोड्ने पुल खुला हुने छ । स्वदेशकै बाटो भएर खलङ्गा आउन सकिने अवस्था नरहेपछि व्यासी सौका समुदायहरुले भारतको बाटो प्रयोग गर्दै खलङ्गा आएका हुन् ।

बुधबार छाङ्गरुका ६० परिवारको कुञ्चा– खलङ्गा झरेका छन् । सीतापुल नाकाबाट भारतको बाटो भएर कुञ्चा– खलङ्गा झरेको व्यास गाउँपालिका वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार  २ : १२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।