Logo

जनप्रतिनिधि

प्रलोपाले समानुपातिक मतगणना केन्द्रमा प्रतिनिधि खटाउने



काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सुरु भएसँगै देशभरका सबै मतगणना केन्द्रमा पार्टीका प्रतिनिधि अनिवार्य खटाउन निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष सन्तोष परियारले एक परिपत्र जारी गर्दै पार्टीका सम्पूर्ण जिम्मेवार नेतृत्वलाई यो निर्देशन दिएका हुन् ।

अध्यक्ष परिषद्का अध्यक्ष परियारद्वारा जारी परिपत्रमा समानुपातिकतर्फको मतगणना सुरु भइरहेका मतगणना केन्द्रहरूमा प्रलोपाको तर्फबाट कम्तीमा १ जना मतगणना प्रतिनिधि खटाउन र समानुपातिक मतगणनाको पूर्ण विवरण पार्टीलाई उपलब्ध गराउन भनिएको छ ।

परियारले आफ्नो परिपत्रमा हिजो मिति सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सफलतामा नेपाल सरकार र सम्बन्धित सबैलाई हार्दिक बधाई ज्ञापन गरेका छन् ।
उनले चुनौतीपूर्ण समयमा पनि शान्तिपूर्ण तरिकाले सम्पन्न यस निर्वाचनले नेपालको लोकतान्त्रिक प्रक्रियालाई पुनः गतिशील बनाएको उल्लेख गरेका छन् ।
प्रलोपाले यस निर्देशनमार्फत समानुपातिकतर्फको आफ्नो मत सुरक्षाका लागि सक्रिय भूमिका निर्वाह गर्ने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार २०:५२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।