Logo

अर्थ

युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा



काठमाडौँ। युनाइटेड अजोड इन्स्योरेन्सले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी माछापुच्छ्रे बैंक लिमिटेडको नाममा रहेको २६ हजार ९७४ कित्ता सेयर बिक्री गर्न प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य १७० रुपैयाँ तोेकेको छ । उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

कम्पनीको प्रधान कार्यालय सिटिसि मल सुन्धारा काठमाण्डौमा कति कित्ता सेयर खरिद गर्न चाहाने हो सबै व्यहोरा खुलाई निवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार १०:२५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।