उदयपुर त्रियुगा नगरपालिका-११ पिपल चोकबाट ३ सय ८० ग्राम तौल भएको सालकको खपेटा (आखेटो पहार) सहित सोही नगरपालिका-१४ टोड्के बस्ने ४१ वर्षीय पहलमान कटुवाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
साउनेबाट गाईघाटतर्फ जाँदै गरेको स.१ ह २६९० नम्बरको अटोलाई नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त अटोको सिटमुनि लुकाई राखेको उक्त खपेटा फेला पारी अटोका चालक कटुवाललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया