काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले रेड्मी बड्स ८ लाइट नेपालमा ल्याएको जनाएको छ । यसमा डुअल माइक्रोफोनसहित एआई ईएनसी, उच्च ध्वनि गुणस्तर र लामो समय टिक्ने ब्याट्रीको सुविधा रहेको छ ।
यसको डिजाइन सहज र आरामदायी भएकाले लामो समयसम्म प्रयोग गर्न सकिन्छ । साथै, स्मार्ट ट्याप कन्ट्रोल भएकाले कल, संगीत र अन्य कामहरू सजिलै गर्न सकिन्छ ।
उन्नत न्वाइज क्यान्सलेसनः रेड्मी बड्स ८ लाइटमा एक्टिभ न्वाइज क्यान्सलेसन र विन्ड न्वाइज घटाउने सुविधा छ । यसले मेट्रोको आवाज, एसीको आवाज तथा बाहिरको हावाको आवाजजस्ता कम फ्रिक्वेन्सीका ध्वनिहरूलाई कम गर्छ । साथै, डुअल माइक्रोफोन एआई ईएनसी ले आवाजलाई छुट्याएर स्पष्ट र अवरोधबिनाको कुराकानी गर्न सहयोग गर्छ, जसले गर्दा बैठक वा लाइभ सेसनहरूमा सजिलो हुन्छ ।
उच्च ध्वनि गुणस्तरः यसमा १२.४एमएम टाइटानियम डायाफ्राम भएको ड्राइभर प्रयोग गरिएको छ, जसले गहिरो र स्पष्ट ध्वनि प्रदान गर्छ । यसले संगीत वा पोडकास्ट सुन्दा प्रयोगकर्तालाई आनन्द आउने खालको हुन्छ । साथै, प्रयोगकर्ताले आफ्नो रुचिअनुसार ध्वनि सेटिङ परिवर्तन गरेर बास बढाउने वा ट्रेबल सुधार गर्ने सुविधा पनि पाउँछन् ।
डिभाइसहरू बीच सजिलो कनेक्टिभिटीः यी इयरबड्सले दुई वटा डिभाइससँग एकै पटक जडान हुने सुविधा पनि दिन्छन् । यसले काम र मनोरञ्जनबीच सजिलै स्विच गर्न मद्दत गर्छ । कल र अन्य गतिविधिबीच परिवर्तन गर्न सहज हुन्छ । नयाँ डिभाइससँग जडान गर्न पनि एक ट्यापमै सम्भव हुन्छ ।
दमदार ब्याट्री क्षमताः रेड्मी बड्स ८ लाइटले लामो समयसम्म चल्ने ब्याट्री दिन्छ । इयरबड्स मात्रै ८ घण्टासम्म चल्छन् भने चार्जिङ केससहित कुल ३६ घण्टासम्म प्रयोग गर्न सकिन्छ । साथै, फास्ट चार्जिङको सुविधा भएकाले १० मिनेट चार्ज गर्दा २ घण्टासम्म संगीत सुन्न सकिन्छ ।
उपलब्धताः रेड्मी बड्स ८ लाइट कालो र सेतो दुई रङमा उपलब्ध छन् । यसमा विभिन्न साइजका इयर टिप्स दिइएका छन्, जसले प्रयोगकर्तालाई आफ्नो कानको साईजअनुसार मिलाउन मद्दत गर्छ । यसको मूल्य रु. ४ हजार १९९ राखिएको छ र १ वर्षको वारेन्टी पनि उपलब्ध छ । थप सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले साओमी इयरबड्स एप डाउनलोड गरेर व्यक्तिगत सेटिङहरू प्रयोग गर्न सक्छन् ।


















प्रतिक्रिया