Logo

अर्थ

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडाैं । प्राइम कमर्सियल बैंकले संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । आजदेखि बिक्रीमा राखिएको यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । बिक्री गर्ने संस्थापकको नाम तथा बिक्री मूल्यका बारेमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएको छ ।बैंकले सेयरको संख्या भने खुलाएको छैन ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आईतवार ११:४६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।