Logo

विविध

पोखरा विमानस्थलमा सटल बस सुरु, असारसम्म निःशुल्क चलाउने



पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा सञ्चालनमा ल्याइएको छ। बसले विमानस्थलदेखि अमरसिंहचोकसम्म यात्रुहरूलाई सेवा दिनेछ।

पोखरा महानगरपालिकाका अनुसार यो सेवा असारसम्म निःशुल्क हुनेछ। त्यसपछि न्यूनतम शुल्क निर्धारण गरी सञ्चालन गरिनेछ।

महानगर यातायात बस सेवा प्रालिको २ वटा गाडीलाई पोखरा महानगरले व्यवस्थापन गरेर सेवा दिइएको छ ।

कामना सेवा विकास बैंक र कृषि विकास बैंकको साझेदारीमा सञ्चालन भएको यो परियोजनाको असारसम्म करिब १७ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।

बस सेवा बिहान पहिलो उडानदेखि बेलुका अन्तिम उडानसम्म उपलब्ध हुनेछ।

पोखरालाई स्मार्ट सिटी र ग्रिन सिटी बनाउने अवधारणा अनुरूप विद्युतीय सवारीलाई प्रोत्साहन दिने र विमानस्थलबाट आउजाउ गर्ने यात्रुहरूलाई सहज र सस्तो सेवा प्रदान गर्ने महानगरले दाबी गरेको छ ।

यस सेवाको औपचारिक शुभारम्भ मेयर धनराज आचार्यले मंगलबार एक कार्यक्रमबीच गरेका हुन्।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलवार १७:५७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।