Logo

राजनीति

पूर्वमन्त्री खड्काविरुद्ध भ्रष्टाचार र राजस्व छलीमा अनुसन्धान सुरु



काठमाडौं। सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कामाथि राजस्व छली र भ्रष्टाचार आरोपका दुई छुट्टाछुट्टै विषयमा अनुसन्धान सुरु भएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि भ्रष्टाचारसम्बन्धी विस्तृत अनुसन्धान गर्न अख्तिार दुरुपयोग अनुसन्धान आयोग र राजस्वसम्बन्धी अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग विभागलाई पत्र पठाएको हो ।

विभागले खड्कालाई राजस्व छलीमा पनि थप अनुसन्धान गर्ने गरी राजस्व अनुसन्धान विभागकै जिम्मा लगाएको छ।

योसँगै राजस्व अनुसन्धान विभागले खड्कालाई हिरासतमा राखेर अनुसन्धान गर्ने गरी जिल्ला अदालत ललितपुरबाट सोमबार तीन दिनको अनुमति पाएको छ।

विभागलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सिधै अनुसन्धान गर्ने क्षेत्राधिकार दुई वर्षअघि ऐनमा गरिएको संशोधनले कटौती गरेको छ।

त्यसै कारण विभागले स्रोत नखुलेको सम्पत्तिमाथि अनुसन्धान गर्न अख्तियार र राजस्व अनुसन्धान विभागलाई पठाएको हो।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार ०७:२०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।