Logo

गण्डकी प्रदेश

मन्त्री बन्न नपाएपछि कांग्रेस सांसद कुँवरले दिए राजीनामा



काठमाडौं । मन्त्री पद नपाएपछि गण्डकी प्रदेशका एक सांसदले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले राजीनामा दिएका हुन्।

बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाएका छन्। उनले आफ्नो राजीनामा वैशाख २ गतेदेखि लागू हुने गरी दिएको उल्लेख गरेका छन् ।

आजै गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन भएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार १२:५१   :  बजे

360
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।