Logo

अर्थ

सीजीको मास्टरस्ट्रोक: नयाँ ‘फ्रोस्टलाइन’ कुलर लाइनअप सार्वजनिक



काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो ब्रान्ड सीजीले यस वर्षको प्रचण्ड गर्मीलाई लक्षित गरी आफ्नो डेजर्ट कुलर श्रेणीमा अहिलेसम्मकै अत्याधुनिक र शक्तिशाली रेन्ज “फ्रोस्टलाइन” बजारमा ल्याएको छ।

कम्पनीको नयाँ वार्षिक अभियान “Experience Life with CG” अन्तर्गत सार्वजनिक गरिएको यो नयाँ सिरिजले नेपाली उपभोक्तालाई गर्मीको कष्टबाट राहत दिँदै एक आरामदायी र शीतल जीवनको अनुभव गराउने लक्ष्य राखेको छ।

सीजीले यस वर्ष ग्राहकहरूको अत्यधिक माग र आधुनिक घरहरूको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो डेजर्ट कुलर पोर्टफोलियोमा बिल्कुलै नयाँ Frostline रेन्ज थप गरेको छ।

यसका प्रमुख आकर्षणहरू यस प्रकार छन्:
विशाल ट्याङ्की (Frostline 110 Ltr & 95 Ltr): बजारमा उपलब्ध कुलरहरूमध्ये सबैभन्दा ठूलो क्षमता, जसले पटक–पटक पानी भर्ने झन्झटलाई सदाका लागि अन्त्य गर्दछ।
मिड–रेन्ज मास्टर (Frostline 75 Ltr & 55 Ltr): सानो र मध्यम कोठाहरूमा शक्तिशाली कुलिङका साथै कम बिजुली खपत गर्ने पारिवारिक रोजाइ।

नेपाली बजारमा सीजीका कुलरहरू आफ्नो कार्यक्षमता र टिकाउपनका कारण विगतदेखि नै अत्यन्तै लोकप्रिय छन्। सीजीले ग्राहकको फरक–फरक आवश्यकतालाई ध्यानमा राख्दै डेजर्ट कुलर (Desert Cooler), कमर्सियल कुलर (Commercial Cooler), पर्सनल कुलर (Personal Cooler), टावर कुलर (Tower Cooler) र विन्डो कुलर (Window Cooler) गरी ५ विधामा कुल २८ वटा मोडलहरू बजारमा उपलब्ध गराएको छ।

यी कुलरहरू २२ लिटरदेखि १२५ लिटर सम्मको विशाल क्षमतामा उपलब्ध छन्। नेपाली बजारले पहिलेदेखि नै यी २८ वटै मोडलहरूलाई अत्यन्तै रुचाएको र विश्वास गरेको छ। यस वर्ष डेजर्ट कुलरमा थपिएको नयाँ Frostline रेन्जले सीजीको कुलर पोर्टफोलियोलाई अझै मजबुत र पूर्ण बनाएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार १२:१४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।