Logo

विविध

स्वीकृतिबिना कार्यालय सञ्चालन गरेको भन्दै दुई लाख जरिवाना



काठमाडौँ। वैदेशिक रोजगार विभागले स्वीकृतिबिना कार्यालय सञ्ञालन गरेको भन्दै एसोसिएट वेलकम इनटरनेसनल प्राइभेट लिमिटेडलाई जरिवानासहित सचेत गराएको छ। विभागले आज सूचना जारी गर्दै यस्तो बताएको हो।

विभागका अनुसार पूर्व स्वीकृति नलिई शाखा कार्यालय सञ्चालन गरी सामाजिक सञ्जालको माध्यमबाट विज्ञापन गरेको भन्दै एसोसिएट वेलकम इन्टरनेसनल प्राइभेट लिमिटेडलाई वैदेशिक रोजगार ऐन २०६४ बमोजिम कारवाहीअनुसार लाख रुपैयाँ जरिवाना गराइएको विभागले उल्लेख गरेको छ।

त्यस्तै वैदेशिक रोजगारसम्बन्धी प्रचलित कानुन विभागको निर्देशनको पालना नगरेको भन्दै मास ह्युमन रिर्सोस प्रा.लि. र टेस्ला ओभरसिज प्रा.लि.लाई कानुनविपरीत काम नगर्न भन्दै सचेत गराइएको विभागको भनाइ छ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार १९:४६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।