काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षबाट हेमन्त बस्यालले राजीनामा दिएका छन्।
बस्यालले आज अर्थ मन्त्रालयमा नेप्सेको अध्यक्षबाट राजीनामा दिएको पत्र बुझाएका हुन्।
गत भदौ १९ मा अध्यक्षमा नियुक्त बस्यालले विशेष कारण देखाउँदै पदावधिअगावै राजीनामा दिएको बताइएको छ।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले राजीनामा नदिएको अनलाइनपानालाई जानकारी दिए ।





















प्रतिक्रिया