Logo

खेलकुद

क्रिकेट विश्वकप लिग टू: ओमानविरूद्व आसिफको अर्धशतक



काठमाडौं । आसिफ शेखले आईसीसी क्रिकेट विश्वकप लिग टू सिरिज अन्तर्गत ओमानसँग भइरहेको खेलमा अर्धशतक प्रहार गरेका छन् ।

ओडीआईमा आसिफको यो १४औं अर्धशतक हो । विनोद भण्डारीसँगै ओपनिङ गरेका आसिफले ६६ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।

विनोद भण्डारी भने पहिलो बलमै आउट भए । आसिफ ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा छन् । कप्तान रोहित पौडेलले ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलवार ११:११   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।