Logo

सुरक्षा / अपराध

११ वर्षीया बालिकामाथी जबरजस्ती, पावरको भरमा पीडितमाथी डेरा छोड्न दवाब (भिडियो सहित)



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्प्युटर अधिकृतको रुपमा कार्यरत शंकर प्रसाद बारकोटीले एक ११ वर्षीया बालिकामाथी जबरजस्ती गरी पीडितलाई थाहै नभई छुटेको खुलासा भएको छ । गत असोज २५ गते पक्राउ परेका बाराकोटी ९९ हजार धरोटी राखेर छुटेको खुलासा भएको हो । 

असोज २५ गतेका दिन शंकरले पीडित बालिकालाई चावहिलको ए वान क्याफेमा लगेर जबरजस्ती गरेपछि पीडितकी आमाले महानगरीय प्रहरी बृत्त गौसालामा खबर गरेकी थिईन् । त्यसैदिन प्रहरीले पक्राउ गरेर गौसाला बृत्तमा ल्याएको थाहा भएको छ । 

पीडितकी आमाले दिएको जाहेरीले प्रहरीले म्याद थप गरी उनलाई हिरासतमा राखेको पाईएको छ । पीडितकी आमा पिडकले सजाय पाई रहेको बताउँदै हिडि रहदा शंकर छुटि सकेका रहेछन् । त्यसपछि भने आमाछारी नै आतंकित बनेका छन् । 

अदालतमा धरौटी राखेर छुट्नासाथ शंकर बाराकोटीको परिवारले धम्की दिई रहेको थाहा भएको छ । उनीहरुलाई तुरुन्त डेरा छोड्न धम्की दिई रहेको पीडितहरुले बताएका छन् ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस्  :

 

प्रकाशित : ६ मंसिर २०७७, शनिबार