काठमाडौं । सीजी मोटर्सले भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ आयोजना गर्दै विभिन्न विशेष अफर सार्वजनिक गरेको छ। जेठ ६ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने कार्निभलमा विद्युतीय सवारीसाधनमा आकर्षक डाउन पेमेन्ट, एक्सचेन्ज सुविधा तथा फाइनान्स अफर उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
कार्यक्रमको उद्घाटनमा लोकप्रिय गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनी एक्सपेङ जी6 का एन्डोर्सरसमेत हुन् ।
कार्यक्रममा सीजी मोटर्सका डेपुटी सीईओ बिमल शाह लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा Riddara Econ 4×4 र अपग्रेडेड King Long 16-Seater अनावरण गरिएको छ। नयाँ King Long 16-Seater मा 75.41 kWh ब्लेड ब्याट्री, ४०० किलोमिटरभन्दा बढी रेन्ज तथा २१५ एमएम ग्राउन्ड क्लियरेन्स जस्ता विशेषता रहेका छन्।
कार्निभलअन्तर्गत DAYUN मा रु. ३.९९ लाख डाउन पेमेन्ट, Riddara Econ 4×4 मा रु. ९.९९ लाख डाउन पेमेन्ट सुविधा उपलब्ध हुनेछ । साथै AION र XPENG मा रु. १२ लाखसम्मको बेनिफिट, Best Exchange Valuation र Best Finance Facility प्राप्त गर्न सकिनेछ।
कम्पनीले इच्छुक ग्राहकहरूले कार्यक्रम अवधिभर भृकुटीमण्डपमा उपस्थित भई सवारी अवलोकन, टेस्ट ड्राइभ, एक्सचेन्ज भ्यालुएसन तथा फाइनान्स परामर्श लिन आग्रह गरेको छ ।






















प्रतिक्रिया