एभेरेष्ट बेस क्याम्प रुट अन्तर्गत सोलखुम्बु जिल्लाको फाक्दिन स्थित यती माउन्टेन होममा आगलागी भएको छ ।
यती ग्रुपले सञ्चालन गरेको रिसोर्ट यती माउन्टेन होममा आज बिहान आगलागी भएको हो । उक्त होटल रुट भरिकै महँगो होटेलमा पर्छ ।
रिसोर्टबाट धुवाको मुस्लो निस्किरहेको हेलिकप्टरबाट देखिएको छ भने रिसोर्टमा आगो लागेको खबर आएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ ।
स्थानीय बासिन्दा र नजिकैको प्रहरी मिलेर आगो निभाउने प्रयास भइरहेको जनाएको छ । आगोबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ ।




















प्रतिक्रिया