नेपाल इन्सुरेन्सले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले असोज २ गतेदेखि प्रतिकित्ता न्यूनतम मूल्य ११० रुपैयाँमा यो सेयर बिक्री सुरु गर्ने भएको छ ।
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यसमा कात्तिक ६ गतेभित्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ ।
यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
बोलपत्र कात्तिक २० गते अपरान्ह ३ बजे एनआईबिएल एस क्यापिटल लाजिम्पाट, काठमाडौँमा खोलिनेछ ।




















प्रतिक्रिया