Logo

खेलकुद

विश्वकप २०२६: चेक रिपब्लिकलाई हराउँदै दक्षिण कोरियाको पुनरागमन जित



काठमाडौं । फिफा विश्वकप २०२६ अन्तरगत समूह चरणको रोचक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ को संघर्षपूर्ण जित हासिल गरेको छ ।

सुरुमा १ गोलले पछि परेको कोरियाले उत्कृष्ट पुनरागमन गर्दै चेक रिपब्लिकलाई स्तब्ध तुल्यायो ।

मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक दक्षिण कोरियासँग २–१ ले पराजित हुन पुग्यो ।

दक्षिण कोरियाले चेकियाविरुद्ध विश्वकपमा पहिलो जित हासिल गरेको हो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार १०:५३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।