Logo

विविध

माघ १५ गते मँगलबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल



मेषः–पूर्वान्ह थोरै अनुकुल देखिन्छ समयमा काम गर्नु होला नत्र उपलब्धि हात लाग्यो शून्य हुनसक्छ । मध्यान्ह पछिको समयले कम साथ दिनेछ । बन्न लागेका काम पनि रोकिन सक्छन् । खर्च र मानसिक तनाव बढ्नेछ ।

वृषः– कार्य लगनशिलता विस्तारै बढ्ने देखिन्छ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । आम्दानीका स्रोत बढ्ने छन् । नया कामको बारेमा विचार विमर्श हुनेछ । मुद्धा जितिने छ । विवादको अन्त्य हुनेछ ।

मिथुनः– समयमा काम गर्न सकिएन भने अरुले अधिकार जमाउने छन् । आर्थिक कारोवारमा समस्या आउन सक्छ । मन अस्थिर हुनेछ । काम गर्ने जोश जागर घट्नेछ । अरुबाट सहयोगको अपेक्षा नराख्नु होला ।

कर्कटः– काम गर्दा विभिन्न समस्या झेल्नु पर्ला । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । घरका कुराले मन दिक्क हुनेछ । घर बाहिर बसेर काम गर्दा बढि अनुकुल होला । साँझपख समयमा सामान्य सुधार आउनेछ ।

सिंहः– पूर्वान्हमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मध्यानह पछि भने काममा मन जाने छैन । पारिवारिक खर्च बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

कन्याः– धनका कुराले बढि पिरोल्नेछ । कार्य लगनशिलता बढ्नेछ । भ्रमबाट मुक्त भई काम गर्नु होला । घरका समस्या विस्तारै समाधान भएर जानेछन् । व्यापार व्यवसायमा सुधारका संकेट देखिने छन् ।

तुलाः– दिन उतार चढावमा वित्नेछ । हेलचक्र्याई गरेर कुनै काम नगर्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य लाभ होला । आफन्तको सहयोग अल्प मिल्नेछ ।

वृश्चिकः– विवादबाट टाढा बस्नु होला । अनावस्यक दोष लाग्न सक्छ । मध्यान्ह पछि भने समयमा सुधार आउनेछ । मनमा उत्साहा बढ्नेछ । गरेका काममा सफलता मिल्नेछ । आम्दानी बढ्नेछ ।

धनुः– पूर्वान्ह अनुकुल देखिन्छ काममा विलम्ब नगर्नु होला । बक्यौता रकम उठ्न सक्छ,प्रयत्न गरेको खण्डमा । आर्थिक कारोवारमा चनाखो रहनु होला । अपरान्ह पछिको समय बढि अलमलमा व्यतित हुनेछ ।

मकरः– नयाँ कुरा सिक्न पाईनेछ । अनुकुल बातावरणमा काम गर्न पाईनेछ । विरोधी कमजोर बन्ने छन् । सहज र सरल तरिकाले कार्य सम्पादन हुनेछन् । गरेका कामबाट लाभ पनि राम्रै होला । नयाँ कामको अवसर आउन सक्छ ।

कुम्भः– समयको गति सगै काममा सुधार आउनेछ । विना सोच विचार कुनै क्षेत्रमा लगानी नगर्नु होला । कार्य क्षमता बढ्नेछ । धार्मिक गति विधिहरु बढ्ने छन् । आफन्तबाट सहयोग पाईनेछ । कारोवारमा सुधार आउनेछ ।

मिनः– इज्जत प्रतिष्ठामा आच आउन सक्छ,सर्तक रहनु होला । सन्तानको बारेमा बढि चिन्ता हुनेछ । लेनदेनका कुराले मनलाई अशान्ति बनाउनेछ । मध्यान्ह पछि समयमा सामान्य सुधार आउनेछ । पढाईमा ध्यान जानेछ ।

प्रकाशित मिति : माघ १४, २०७५ सोमबार  ११ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।