काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले कुवेतका विभिन्न जेलमा रहेका र अलपत्र परेका नेपाली महिलाहरूको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै सांसद ओलीले वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेर अमानवीय पीडा भोग्न बाध्य नेपाली महिलाहरूको अवस्था भयावह रहेको बताइन् ।
उनले कुवेतमा समस्यामा परेकी नेपाली चेली शर्मिला दर्जीलाई निकै प्रयासपछि उद्धार गरी नेपाल फर्काउन सफल भएको जानकारी दिँदै सोही क्रममा त्यहाँ रहेका अन्य नेपाली महिलाहरूको कारुणिक अवस्था रहेको पनि बताइन् ।
अवैध बाटोबाट कुवेत पुगेका करिव ६५ हजार नेपाली महिलाहरू जोखिममा रहेको उल्लेख गर्दै उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउने वातावरण तत्काल मिलाउन सांसद ओलीले सरकारसँग माग गरिन् ।




















प्रतिक्रिया