Logo

अर्थ

सिटिजन्स बैंकले २ अर्बको अग्राधिकार सेयर जारी गर्ने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले २ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने भएको छ ।

बैंकको आज सम्पन्न आठौँ विशेष साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम अग्राधिकार सेयर जारी गर्ने निर्णय पारित गरेको हो ।

अब बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रहेर १०० रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता ‘सिटिजन्स अबिमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्नेछ ।

बैंकले शेयरको लाभांश दर ७.५ प्रतिशत तोकेको छ ।  वितरणयोग्य मुनाफा भएको वर्षमा मात्र लाभांश दिने व्यवस्था रहेको उक्त सेयर दोस्रो बजारमा समेत कारोबार गर्न सकिनेछ । हाल बैंकको चुक्तापूँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार १३:५६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।