काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले २ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने भएको छ ।
बैंकको आज सम्पन्न आठौँ विशेष साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम अग्राधिकार सेयर जारी गर्ने निर्णय पारित गरेको हो ।
अब बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रहेर १०० रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता ‘सिटिजन्स अबिमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्नेछ ।
बैंकले शेयरको लाभांश दर ७.५ प्रतिशत तोकेको छ । वितरणयोग्य मुनाफा भएको वर्षमा मात्र लाभांश दिने व्यवस्था रहेको उक्त सेयर दोस्रो बजारमा समेत कारोबार गर्न सकिनेछ । हाल बैंकको चुक्तापूँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार रुपैयाँ रहेको छ ।




















प्रतिक्रिया