Logo

प्रमुख समाचार

रास्वपाका महाधिवेशन प्रतिनिधिको शुल्क ५ हजार निर्धारण



काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम महाधिवेशनका लागि प्रतिनिधि तथा पर्यवेक्षकको शुल्क निर्धारण गरेको छ। पार्टीको निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिका लागि प्रतिव्यक्ति पाँच हजार रुपैयाँ शुल्क तोकेको जनाएको छ।

त्यस्तै, पर्यवेक्षकका लागि पनि पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने विशेष श्रेणीका पर्यवेक्षकलाई थप दुई हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ। आर्थिक रूपमा विपन्न सदस्यहरूलाई महाधिवेशनमा सहभागी हुन सहज बनाउन पार्टीले सहायता कोष सञ्चालन गर्ने जानकारी दिएको छ।

रास्वपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको संख्या तीन हजार हारहारी रहने छ । रास्वपाले प्रथम महाधिवेशन यही महिना (असार)को ७ देखि ९ गतेसम्मे चितवनमा गर्ने गरी तयारी गरेको छ ।

पार्टी गठन भएको चार वर्ष पुगेकै दिनबाट महाधिवेशन सुरु गर्न लागिएको हो ।

महाधिवेशनका लागि मूल आयोजक समिति सहित १८ वटा उपसमिति गठन गरिएको छ ।

 

प्रकाशित मिति : ३ असार २०८३, बुधबार १४:२६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।