Logo

अर्थ

राङकोटमा वृहत कृषि, खेलकुद तथा सांस्कृतिक महोत्सव हुदै



परिवर्तन गाउँपालिका वार्ड न. ५ राङकोट रोल्पाले आउँदो बैशाख १२ गते देखी २० गते सम्म ‘वृहत सांस्कृतिक, कृषि तथा खेलकुद महोत्सव’ गर्ने भएको छ । स्थानिय कृषि पर्दशनी , स्थानिय कला संस्कृतिको पर्वदन तथा स्थानिय स्तरका खेलाडीहरुको प्रोत्साहन गर्ने उद्देश्यका साथ सो महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।

गत विहिवार परिवर्तन गाउँ पालिका ५ न. वार्ड कार्यलयका अध्क्षय सुक बहादुर बुढा (थमन)को समयोजकत्वमा ३६ मूल आयोजक समितिको सदस्यतामा बसेको उक्त बैठकले महोत्सवलाई सफल बनाउनका लागि ९ उपसमिति चयन गरेको छ । जस अन्र्तगत खेलकुद समयोजक नगेन्द्र बुढा मगर, मिडिया समयोजक भिम वली, कृषि तथा प्रतिभा प्रर्दषन समयोजक गन बहादुर बुढा, सांस्कृतिक समयोजक कासीराम बुढा( झंकार ), खेलकुद मैदान तथा मन्च व्यवस्थापन समयोजक दिल बहादुर वली (प्रगति ), स्वास्थय सरसफाई तथा खानेपानी व्यवस्थापन समयोजक नवराज वली, प्राविधिक सयोजक अमरसिं रोका (सागर), आर्थिक समयोजक सुक बहादुर बुढा (थमन), स्टल व्यवस्थापन समयोजक मोहविर वि.क. (केशव) रहेका छन ।

आयोजित महोत्सवमा स्थानिय कलाको उजागर गर्दै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति , स्थानिय स्तरमा उत्पादन हुने कृषिजन्य वस्नुको प्रर्दषन, मुल्याङकन तथा उत्कृष्ट कृषकलाई पुरस्कृत र साविकको वार्ड स्तरिय खुल्ला भलिबल प्रतियोगिता समेत हुन लागेको हो ।

परिवर्तन गाउँपालिकाले स्थानिय स्त्तरको पर्यटकिय सम्बन्ध विस्तार संगै स्थानिय उत्पादन तथा स्थानिय स्तरका कला संस्कृति र भेषभुषालाई राजधानी संग जोडनका लागि महोत्सवको आयोजन गर्न लाीगएको अध्क्षय बुढाले मिडिया संग जानकारी दिएको त्यहाँबाट मिडिया समयोजक भिम वलीले जानकारी दिएका छन्।

प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार  १२ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।