Logo

बैंकिङ

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता



काठमाडौं। नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ।

सम्झौतामा कोषकोतर्फबाट निर्देशक नवराज खड्का र बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गरेका थिए।

सम्झौतामा बैंकका स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीको योगदानमा आधारित वा गैरयोगदानमा आधारित उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन र कार्यान्वयन कोषले गर्ने उल्लेख छ।

कोषले सहभागी कर्मचारीको व्यक्तिगत खाता तयार गरी परिचयपत्र उपलब्ध गराउने, बैंकबाट प्राप्त रकम र विवरणअनुसार खाता अद्यावधिक गर्ने तथा बैंकको सिफारिसमा सेवानिवृत्त कर्मचारीलाई नियमानुसार कर कट्टा गरी अवकाश रकम भुक्तानी गर्ने कार्य गर्ने छ।

साथै, कर्मचारीले कोषमा योगदान गरेको रकमबाट आर्जन गरेको ब्याज, प्रतिफल तथा अन्य अतिरिक्त सुविधा कोषको नियममा उल्लेख भएअनुसार पाउने छन्।

सम्झौताअनुसार आयकर ऐन, २०५८ बमोजिम स्वीकृत अवकाश कोषमा रहेका कर्मचारीको साविकको रकम र बहाल रहेका कर्जासमेतलाई कोषमा रकमान्तर गरी समायोजन गरिने सम्झौतामा उल्लेख छ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार २१:४६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।