काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजन विधेयकमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाह को तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले दिने भएका छन्।
प्रतिनिधिसभामा विभिन्न मन्त्रालय तथा निकायको बजेटमाथि भइरहेको छलफलका क्रममा उठेका जिज्ञासा र प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने प्रचलन रहे पनि यसपटक प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका मन्त्रालय तथा निकायका विषयमा अर्थमन्त्री वाग्लेले जवाफ दिने तयारी गरिएको हो।
रक्षा मन्त्रालय प्रधानमन्त्री बालेनले सम्हालिरहेका छन् । यसकारण यो मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ उनैले जवाफ दिनुपर्ने थियो ।
तर, प्रधानमन्त्री बालेनको तर्फबाट संसद्मा अर्थमन्त्री वाग्लेले जवाफ दिने भएका हुन् ।
यसबाहेक प्रधानमन्त्री बालेनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने थियो ।
यसमा पनि प्रधानमन्त्री नजाने भएका छन् । यी मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ पनि अर्थमन्त्री वाग्लेले दिने भएका छन् ।




















प्रतिक्रिया