Logo

राजनीति

परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’



काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्षको बजेटले गृह मन्त्रालयलाई परम्परागत प्रशासनिक ढाँचाबाट डिजिटल प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य लिएको बताएका छन्।

उनले प्रतिनिधिसभामा बजेट सुशासन, राष्ट्रिय सुरक्षा र समृद्धिको राष्ट्रिय प्रतिबद्धता भएको उल्लेख गरे।

उनका अनुसार सरकारले नागरिक सेवामा सुधार, सुरक्षा निकायको क्षमता वृद्धि र प्रशासनलाई प्रविधिमैत्री बनाउने योजना अघि सारेको छ।

साथै, प्रहरी पोशाक खरिदमा बिचौलिया रोक्न नगद उपलब्ध गराएर आफैं खरिद गर्ने व्यवस्था गर्ने तयारी भइरहेको पनि उनले बताए।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार २१:३०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।