Logo

अर्थ

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्ब ५३ करोडमाथिकाे कारोबार



काठमाडौं । आज साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक १.६३ अंकले बढेर २,७०२ को विन्दुमा कायम भएको छ ।

आज ११६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४० कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ५३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ग्लोबल आइएमई डिबेञ्चर २०८६/८७ को ३३ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ग्लोबल आइएमई डिबेञ्चर २०८४/८५ को ३२ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एपोलो हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले १४.०२ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै बुङगल हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १२.४५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार १५:१७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।