Logo

अर्थ

प्राइम बैंकले जारी गर्दै १० वर्षे अवधिको ३ अर्ब रुपैयाँको ऋणपत्र



काठमाडौं। प्राइम कमर्सियल बैंकले असार १६ गतेदेखि ‘प्राइम बैंक डिबेञ्चर २०९३’ निष्काशन खुला गर्ने भएको छ। १० वर्षे अवधिको उक्त ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर रहनेछ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्रमार्फत ३ अर्ब रुपैयाँ जुटाउने लक्ष्य राखेको छ। कुल निष्काशनमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ।

सर्वसाधारणतर्फको ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि आवेदन दिन सक्नेछन्। आवेदन अवधि असार १९ गतेसम्म रहनेछ भने पूर्ण बिक्री नभएमा असार ३० गतेसम्म लम्बिनेछ। बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार ०८:३८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।