Logo

अर्थ

सुनको मूल्य तोलामा १६ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजार आज सुनको मूल्य घटेकाे छ । सुनको मूल्य एक हजार ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

आज सुनको तोलामा २ लाख ८७ हजार १०० रुपैयाँमा काराेबार भएकाे छ । हिजाे सुनकाे मूल्य ताेलामा २ लाख ८८ हजार ७०० रुपैयाँ बिक्री भएकाे थियाे ।

चाँदीको मूल्य १४० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला ४,५९० रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४,७३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलवार ११:२६   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।