Logo

समाचार

ठगीको अभियोगमा तीन जना पक्राउ



काठमाडौँ।  उपत्यका अपराध अनुसन्धान कार्यालयले विदेश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनका युवकराज पराजुली, दोलखाका टङ्कबहादुर खड्का र सुनसरीका मनिष पोदार रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले न्यूजील्यान्ड, लिथुआनिया र बेलायत पठाइदिने भन्दै क्रमशः १६ लाख ६५ हजार, ५ लाख र २ लाख रुपैयाँ लिएर पीडितलाई विदेश नपठाई सम्पर्कविहीन भएका थिए। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

यसैबीच, बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

अदालतको फैसला अनुसार कैद र जरिवाना तोकिएपछि फरार रहेका उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलवार २०:४७   :  बजे

351
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।