चितवन । रास्वपा निर्वतमान महामन्त्री कविन्द्र बुर्लाकोटीले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीमा सहमति र एकताको सम्वर्धनका लागि उम्मेदवारी फिर्ता लिएको बुर्लाकोटीले जानकारी गराएका छन् ।
चितवनमा जारी महाधिवेशनमा अब ८ जनाबीच महामन्त्री पदका लागि प्रतिस्पर्धा हुनेछ ।
यसअघि उम्मेदवारी दिएका जगदीश खरेलले पनि फिर्ता लिइसकेका छन् । अब महामन्त्रीमा महामन्त्री उम्मेदवारमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य छन् ।




















प्रतिक्रिया