Logo

राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी निर्वाचनमा १ हजार ६ सय ७० जना प्रतिनिधिले मतदान गरेनन्



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतदान शुक्रबार केही ढिलो गरी सुरु भएको थियो।

निर्वाचन समितिका अनुसार केन्द्रीय समिति सदस्यका लागि २ हजार ९५९ मत खसेको थियो। तर पदाधिकारीतर्फ हालसम्म १ हजार १२८ मत मात्र खसेको छ। यसअनुसार केन्द्रीय सदस्यको निर्वाचनमा मतदान गरेका प्रतिनिधिमध्ये १ हजार ६७० जनाले पदाधिकारी चयनमा मतदान गरेका छैनन्।

महाधिवेशन लम्बिएका कारण केही प्रतिनिधि मतदान नगरी नै घर फर्किएको हुन सक्ने अनुमान गरिएको छ। त्यसकै प्रभावस्वरूप पदाधिकारी निर्वाचनमा मतदाताको संख्या उल्लेख्य रूपमा घटेको देखिएको हो।

रास्वपाले यस चरणमा सभापति, दुई उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी पाँच पदाधिकारीका लागि निर्वाचन गरिरहेको छ। मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार १९:०८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।