Logo

खेलकुद

विमानस्थलमा क्रिकेट खेलाडीलाई रातो कार्पेट, जनही पाँच लाख दिने राखेपको प्रस्ताव



युएईबिरुद्धको सिरिजमा जित निकालेर स्वदेश फर्केको नेपाली क्रिकेट टोलीलाई त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ । क्रिकेट समर्थन र राष्ट्रिय खेलकुद परिषदले खेलाडीको भब्य स्वागत गरेको हो ।

यूएईबिरुद्धको एक दिवशीय र टी–२० सिरिज जितेपछि नेपाली टोली दिउँसो ३ः५० मा त्रिभूवन अन्तराष्ट्रिय विमान स्थलमा आइपुगेको थियो । टोलीलाई स्वागत गर्न राखेपका सदस्य सचिव केशव बिष्ट विमानस्थल पुगेका थिए । खेलाडीको सुरुक्षाका लागि ठुलो मात्रामा सुरक्षाकर्मी पनि तैनाथ गरिएको थियो ।

खेलाडीको स्वागत गर्न विमानस्थल पुगेका बिष्टले प्रत्येक खेलाडीलाई जनही पाँच लाख दिने प्रस्ताव सरकारसँग गर्ने बताए । ‘भोली मन्त्रालय मार्फत प्रत्येक खेलाडीलाई पाँच लाख दिने प्रस्ताव सरकारसँग लैजाँदैछु’ बिष्टले भने ।

प्रकाशित मिति : माघ २१, २०७५ सोमबार  १ : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।