Logo

समाचार

धनगढी उडेको श्री एयरलाइन्सको विमानकाे ककपिटमा धुवाँ देखिएपछि…



काठमाडौं । काठमाडौंबाट धनगढीतर्फ उडेको श्री एयरलाइन्सको उडान नम्बर SHA 227 को विमानमा उडानकै क्रममा ककपिटमा धुवाँ देखिएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराइएको छ।

विमानले शुक्रबार अपराह्न करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडान भरेको थियो।

उडानका क्रममा ककपिटभित्र धुवाँ देखिएपछि चालक दलले तत्काल सुरक्षा सतर्कता अपनाउँदै नजिकको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गर्ने निर्णय गरेको विमानस्थल स्रोतले जनाएको छ।

विमान सुरक्षित रूपमा अवतरण भएको र जहाजमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको जनाइएको छ।

घटनापछि प्राविधिक टोलीले विमानको विस्तृत प्राविधिक परीक्षण सुरु गरेको छ। ककपिटमा धुवाँ देखिनुको कारण पत्ता लगाउन सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : १४ असार २०८३, आईतवार १९:१९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।