Logo

अर्थ

सेयर बजारमा १६ अंकको गिरावट, २ अर्ब ६७ करोडमाथिको कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६.५४ अंकले घटेर २,६३२ को विन्दुमा कायम भएको छ ।

आज २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २४० कम्पनीको मूल्य घटेको छ ।

आज २ अर्ब ६७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको सेयर कारोबार भएको छ । यस कम्पनीको ८ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोपान फर्मास्युटिकल्सको ८ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै टक्सार पिखुवाखोला, याम्बालिङ हाइड्रो र स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ५.८३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार १५:१६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।