काठमाडौँ । ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले सिंहदरबार पुगेर दुवै सरकारी गाडीको कालो सिसा हटाएको हो।
कालो सिसा हटाउन डीएसपी सुनिलजंग शाहको नेतृत्वमा टोली परिचालन गरिएको थियो।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार मन्त्रालयकै समन्वयमा ट्राफिक प्रहरीलाई बोलाएर कालो सिसा हटाइएको हो।
ट्राफिक प्रहरीले आइतबारदेखि काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका निजी तथा सार्वजनिक सवारीसाधनमा जडान गरिएका कालो सिसाका स्टिकर हटाउने अभियान सञ्चालन गरिरहेको छ।





















प्रतिक्रिया