Logo

समाचार

पासपोर्ट भ्रष्टाचार आरोपमा मुछिएका पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश



काठमाडौं । विशेष अदालतले पासपोर्ट भ्रष्टाचार अभियोगमा मुछिएका ५ जना आरोपितहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल,हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनीहरूसँग ३ देखि पाँच लाख धरौटी माग गरेको हो ।

विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसँग ५ लाख रुपैयाँ, निर्देशक सुनिलकुमार केसीसँग ४ लाख धरौटी माग गरेको छ ।

त्यस्तै अरु कर्मचारीहरू सोमेश थापासँग ३ लाख, विपिन प्रसाईंसँग ३ लाख र ठेकेदारको नेपाल एजेन्ट मणिन्द्रराज मल्लसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको हो ।

त्यस्तै तुलसी प्रसाद आचार्य र राजाराम दाहाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार १८:४६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।