Logo

अर्थ

एक करोड कित्ता आईपीओ निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त



काठमाडौं। तुँदी पावर कम्पनी लिमिटेडले प्रतिसेयर १०० रूपैयाँ अंकित दरको एक करोड कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त गरेको छ।

कम्पनीले वैदेशिक रोजगारमा रहेको नेपाली नागरिक, आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी, कर्मचारी, सामूहिक लगानी कोषका योजनासहित सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।

सम्झौता पत्रमा तुँदी पावर कम्पनी लिमिटेडका तर्फबाट महाप्रबन्धक इन्द्र प्रसाद ढकाल र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

कम्पनीले म्याग्दी जिल्लामा अवस्थित रहुगंगा नदीको पानी सदुपयोग गरी चिमखोला राहुघाट मंगले (३५.५ मे.वा.) र माथिल्लो राहुघाट (४८.५ मे.वा.) जलविद्युत आयोजना निर्माण गरी व्यवसायिक विद्युत उत्पादन गर्न आयोजना सञ्चालनमा रहेको छ।

यस आयोजनाहरुबाट उत्पादित विद्युत शक्ति राहुघाट जलविद्युत आयोजनाको सबस्टेशनमा जडान गरी बिक्री कार्य भइरहेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार १९:१९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।